ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर, १२ सय ५० बढी महिला लाभान्वित

काठमाडौं। ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैंकले इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ। प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ। जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्ने बैंकले जनाएको छ

यससँगै बैंकले वार्षिकत्सवको अवसरमा सम्पूर्ण प्रदेशहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी १२५० भन्दा बढी महिलाहरुलाई स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here