मेसीले जिते फिफा वेस्ट अवार्ड, नेपालका प्रशिक्षकले दिएनन् भोट

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । अर्जेन्टिना तथा अमेरिकी क्लब इन्टर मायमीका फरवार्ड मेसीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

त्यस्तै पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रेन्च फरवार्ड केलियन एमबाप्पे तेस्रो भएका छन् ।‍ मेसीले तेस्रो पटक फिफा द वेस्टमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् । यसअघि उनले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए ।

तर नेपालबाट भोटिङको अधिकार पाएका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले भने मेसीलाई शीर्ष तीनमा समेत भोट दिएनन्।

एनेसले पहिलो नम्बरमा अर्लिङ हालान्डलाई भोट दिँदा, दोस्रोमा रोड्री र तेस्रोमा केभिन डी ब्रुएनालाई भोटिङ गरेका छन्।

कप्तान किरण लिम्बुले भने मेसीलाई पहिलो नम्बरमा भोटिङ गर्दा केलियन एम्बाप्पेलाई दोस्रो र हालान्डलाई तेस्रो नम्बरमा राखे। नेपालको मिडियाको तर्फबाट भने गोल नेपाल डटकमा सञ्चालक विक्रम थापाले भोटिङ गरेका थिए। उनले अर्लिङ हालान्डलाई पहिलो नम्बरमा राख्दा जुलियन अल्भारेजलाई दोस्रो तथा मेसीलाई तेस्रो नम्बरमा राखे।

फिफा ‘द वेस्ट’ अवार्डमा फिफा राष्ट्रका सदस्य देशहरूका कप्तान, प्रशिक्षक र पत्रकारले भोट गर्ने प्रावधान छ। विश्वभरको भोटका आधारम लियोनल मेसी ‘फिफा द वेस्ट’ प्लेयर बनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here