करिव २ करोड रुपैयाँसहित ३ जना पक्राउ

काठमाडौं । राजश्व अनुसन्धान विभागले कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका २ सहयोगीहरु छन् ।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको आशंकामा पक्राउ परेका हुन् ।

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here