म्याककफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा

काठमाडौं । म्याककफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ । गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल हात पारेका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत बिजेताको औपचारिक गरिएको हो । वरिष्ठ व्यावसायिक फोटोग्राफर राजभाई सुवालले लक्की ड्र सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याककफीकै फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।

मार्केटिंग डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको बताए । ‘नेपाली बजारमा म्याककफीको लोकप्रियतालाई ध्यानमा राखी यसको बजार विस्तारमा जोड दिनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं,’ उनले भने, “अभियानमा सोचेभन्दा बढी ग्राहक वर्गको सहभागिता भएको छ र यसले भविष्यमा यस प्रकारका अन्य अभियानहरू पनि निरन्तर गर्नुपर्ने देखिएको छ ।’

श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सय जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here