२३ खर्ब ८५ अर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ८१ हजार ७ सय

काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ अर्ब ८५ अर्ब रूपैयाँ नाघेको छ। २०८० असार मसान्तसम्म यस्तो ऋण २२ खर्ब ९९ अर्ब १० करोड रूपैयाँ थियो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ८५ अर्ब १३ करोड रूपैयाँ बराबर सार्वजनिक ऋण थपिएको हो।

हालसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब ४ करोड रूपैयाँ छ। बाह्य ऋण भने ११ खर्ब ८६ अर्ब ४४ करोड रूपैयाँ छ।

यसै अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत ७७ अर्ब ४५ करोड रूपैयाँ भुक्तानी पनि गरेको छ।

सो आधारमा ६ महिनामा सार्वजनिक ऋणको खुदवृद्धि ८५ अर्ब १३ करोड रूपैयाँले बढी हो।सार्वजनिक ऋण बढ्दै जाँदा ब्याज भुक्तानीमा सरकारले खर्च बढ्न थालेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ६ महिनामा आन्तरिक ऋणको ऋणको ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड रूपैयाँ खर्च भएको छ। त्यस्तै बाह्य ऋणको ब्याज भुक्तानी गर्न चार अर्ब ९३ करोड रूपैयाँ खर्च भएको छ।

चालु वर्षको ६ महिनामा उठेको राजस्वको ७.८ प्रतिशत रकम ब्याज तिर्न खर्च भएको छ।

तथ्यांकअनुसार चालु आव पहिलो ६ महिनासम्म प्रतिव्यक्ति ऋण हिस्सा ८१ हजार ७ सय ५९ रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । असार मसान्तसम्म प्रतिव्यक्ति ऋण हिस्सा ७८ हजार ८ सय ४० रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here