पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनलाई तत्काल कामकाज गर्न अदालतबाट रोक

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

योग्यता नपुगेको व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै भरत मरासिनीले रिट दायर गरेका थिए । गएको पुस ४ गते पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here