एसईई परीक्षा चैत १५ देखि (परीक्षा तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी १५ चैतदेखि सञ्चालन गर्ने भएको छ  ।

हिजो आइतबार बसेको बोर्डको बैठकले १५ देखि २७ चैतसम्म परीक्षा लिने निर्णय गरेको हो । होली/फागु पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको छ। यस वर्ष चैत ११ र १२ गते होली/फागु परेको छ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो। यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन्।

त्यसैगरि, बोर्डले कक्षा ११ र १२ का लागि ग्रेडवृद्धि फाराम भर्न र भराउन विद्यार्थी र विद्यालयहरूलाई निर्देशन दिएको छ  । परीक्षामा सहभागी हुने विद्यार्थीले फागुन १५ गतेसम्म शुल्कसहित फारम भर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here