क्यानडाले गर्‍यो आप्रवासन नीतिमा कडाइ, अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा उल्लेख्य कटौती

काठमाडौं । पछिल्लो समय नेपालसहित विभिन्न देशका विद्यार्थी तथा नागरिकहरूको आकर्षक गन्तव्यको रूपमा रहेको क्यानडाले आप्रवासन नीतिमा कडाइ गरेको छ ।

पछिल्लो समय क्यानडामा बढ्दो बेरोजगारी र आवास संकट चुलिँदै गएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा सीमा लगाएको हो । जस अनुरुप आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको छ ।

नयाँ घोषणापछि लगभग ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो । सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन पछि तय गरिनेछ ।

क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको छ । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरका अनुसार यो सङ्ख्या एक दशक अघिको तुलनामा तीन गुणा बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here