काबेली बी १ बाट ८ महिनापछि पुनः विद्युत् उत्पादन सुरू

काठमाडौं । काबेली बी–१ जलविद्युत आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । अरुण काबेली पावरले सञ्चालन गरिरहेको २५ मेगावाटको उक्त आयोजनाबाट ८ महिनापछि आजदेखि फेरि बिजुली उत्पादन सुरु भएको हो ।

पाँचथर र ताप्लेजुङ जिल्लाको सीमानामा बग्ने काबेली नदीमा आएको बाढीका कारण क्षति पुग्दा जेठ ३२ गतेदेखि पूर्व विद्युत् उत्पादन बन्द भएको थियो ।

बाढीका कारण आयोजनाको विभिन्न संरचनाहरूमा क्षति पुगेको थियो । क्षतीग्रस्त संरचनाहरुको मर्मत सम्भार गरी पुनः बिजुली उत्पादन थालिएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here