यू–१९ विश्वकप: पाकिस्तानविरुद्ध अर्जुन कुमाल ६ रनमा आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर अर्जुन कुमाललाई गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा यसअघि पहिलो खेलमा अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका नेपालले अर्जुनलाई ४.२ ओभरमा ६ रनमा गुमाएको हो ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here