दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८. ४ विन्दुमा पुगेको हो ।

यसदिन ३११ कम्पनीको ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये २ वटा कम्पनीको बढेको छ भने अन्य सबै ओरालो लागेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २५करोड रुपैयाँ बढीको किनबेच भएको छ । घटेको बजारमा आज चन्द्रागिरि हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले कबि १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here