प्रभु महालक्ष्मी लाइफको निमित्त सीइओमा सन्तोष प्रसाईं

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइको) को जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् । बुधबार सीइओ रमेश कुमार भट्टराइले पदबाट राजीनामा दिएपछि प्रसाईंलाई निमित्तको जिम्मेवारी दिइएको हो ।

प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एकापसमा मर्ज भए, मर्जरपछिको एकीकृत प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रसाईले जिम्मेवारी सम्हालिरहेका थिए । उनले नेपाल लाइफ इन्स्योरेन्समा समेत प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here