नगदरहित अर्थतन्त्रको ‘परिकल्पना’लाई यथार्थमा परिणत गरेको इसेवा १६ बर्षमा

काठमाडौं । इसेवा आजदेखि आफ्नो स्थापनाको १६ बर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरेर २०१० को जनवरी २५ बाट इसेवाले आफ्नो सेवा शुरु गरेको हो ।

१५ औँ वार्षिक उत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवालाई सफलताको यो उचाइसम्म पुर्याउन सहयोग गर्ने प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी,प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गरेका छन् ।

साथै उनले आगामी दिनमा इसेवाको मोबाईल एपलाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्स्को रूपमा विकास गर्ने लक्ष्य लिएको बताए । मलाई आशा छ’ डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ’ उनले भने ।

१५ वर्षको अवधिमा १ करोड २ लाखले इसेवाको मोबाईल एप डाउनलोड गरेका छन् । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ९० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको बताइएको छ । हाल इसेवाका देशभर करिब २ लाख १० हजारको संख्यामा एजेन्ट नेटवर्क रहेको छ । इसेवाबाट प्रतिदिन १ अर्व २ करोड रुपैयाँ बराबरको कारोवार गरिन्छ । हाल इसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ ।

आजको दिनमा इसेवा हरेक गाउँपालिकाका, हरेक वडामा पुग्न सफल भइसकेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको सिइओ खड्काले बताए ।

आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याउन सफल भएको छ । आगामी दिनमा इसेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरि प्रत्येक नेपाली नागरिकलाई नविनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको जानकारी दिएको छ ।

यसैवीच नेपालको पहिलो मोवाइल वालेट इ सेवाले १५ औं बार्षिकात्सवको उपलक्ष्यमा विभिन्न १५ आकर्षक योजना सार्बजनिक गरेको छ । १५ बर्षसम्म प्रयोगकर्ताहरुको साथ र विश्वासका लागि धन्यवाद दिदै कृतज्ञताका लागि १५ दिनको १५ ओटा आकर्षक अफर ल्याएको हो ।

यस्ता छन् १५ औँ वार्षिक उत्सवका १५ अफर

यो अफर माघ ११ ९जनवरी २५० देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहनेछ । अफर अन्तरगत इसेवा मार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् । यसैगरी एयरलाइन्स् टिकट काट्दा एक जनाले १५ सय १५ रिवार्ड पोइन्ट पाउन सक्नेछन् ।

यस्तै इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । यस्तै रू १५० माथिको मोबाईल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशत क्यासब्याक पाइने तथा स्कुल तथा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् । इसेवाले यी लगायत विभिन्न अफरहरू सार्बजनिक गरेको छ ।

यस्ता छन् इसेवाले दिने सुविधा

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका भुक्तानी गर्न सकिन्छ ।

नेपाललाई डिजिटलाइज गर्ने र नेपाली सपनालाई सशक्त बनाउने १५ बर्ष यात्राको स्मरण गर्द इ सवाले आफ्ना प्रयोगकर्ता तथा अभिकर्ताहरुमा बार्षिकोत्सव सर्मपित गरेको बताएको छ । इसेवाबाट प्रयोगकर्ताहरुले तुरून्तै आफ्नो मोबाइल फोन र इन्टरनेटबाट बिल भुक्तानी गर्न, पैसा पठाउन र प्राप्त गर्न सक्छन् ।

इसेवाको प्रयोगबाट मोबाईल रिचार्ज, बिजुली बिल, खानेपानी बिल, ईन्टरनेट बिल, टिभी भुक्तानी, फिल्म टिकट, एयरलाईन्स र बस टिकटको भुक्तानी गर्न मिल्छ । यसका साथै इसेवाबाट बीमा प्रीमियम भुक्तानी, स्कुल र कलेज शुल्क भुक्तानी, अनलाइन खाजा अडर, अनलाइन शपिंग तथा क्रेडिट कार्ड बिल भुक्तानी पनि गर्न सकिन्छ ।

इसेवा प्रयोग गरेर घरमै बसी बसी बिल तिर्न सकिने भएकोले काउन्टर धाई राख्ने झन्झट भएन, नगद ट्रान्स्फर गर्न बैंक दौडि राख्न परेन न त मोबाईल रिचार्ज गर्न पसल जान पर्यो जस्ले गर्दा उपयोगकर्ताको समयको बचत हुनुको साथै आर्थिक लागत पनि कम हुन्छ। यसको साथै आफ्नो खर्चको विवरण पनि सहज रुपमा हेर्न सकिन्छ भने पैसा चोरी हुने डर पनि हुँदैन ।

आफ्नो इसेवा खातामा पैसा राख्न उपयोगकर्ताहरुले इसेवाबाटै मोबाईल बैंकिङ अथवा इन्टरनेट बैंकिङ मार्फत राख्न सक्नेछन् । मोबाईल बैंकिङ अथवा इन्टरनेट बैंकिङ नभएको अवस्थामा प्रयोगकर्ताले बैंकमा गई आफ्नो इसेवा खातामा पैसा डिपोजीट गर्न सक्नेछन् । त्यस्तै नजिकैको इसेवा क्यास पोईन्टमा गएर पनि इसेवा खातामा पैसा हाल्न वा साथीभाई मार्फत पनि इसेवा खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here