‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार, भुसाल र झालाई कैद तथा जरिवाना

काठमाडौं । विशेष अदालतले मधेश प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम’मा भ्रष्टाचार भएको ठहर गरेको छ ।

भ्रष्टाचार प्रकरणमा तत्कालीन सहसचिव एवम् मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव यामप्रसाद भुसाल र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, जनकपुरधाम धनुषाका तत्कालीन प्रमुख सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको हो ।

उनीहरुलाई तीन महिना कैद र दश हजार रुपैयाँ जरिवाना ताेकिएकाे छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम’मा अनियममिता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको निवेदन परेपछि अनुसन्धान गरिएको थियो ।

सह-लेखापाल राजाराम मण्डल, भण्डार जिन्सी शाखा प्रमुख अधिकृत छैंठौं रामस्वार्थ महतो र भण्डार शाखाका खरिदार जितमोहनकुमार दासले भने सफाइ पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here