‘द क्लिफ नेपाल’द्धारा भारतको केरलामा सेवा बिस्तार

काठमाडौं । बाग्लुङ–कुश्मालाई साहसिक खेल स्थलको रूपमा स्थापित गरेको द क्लिफ नेपालले भारतको कम्पनीमा व्यवस्थापन सम्हालेको छ । द क्लिफ को व्यवस्थापनमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ ।

योसँगै क्लिफ अन्तर्राष्ट्रियस्तरमा पहिलो पटक बन्जीको व्यवस्थापनमा संलग्न भएको हो । केरलामा वाया नाडा कम्पनीले निर्माण गरेको बन्जी जम्प तथा अन्य साहसिक गतिविधि स्काई वाक, स्विङ, सुपरम्यान स्विङको व्यवस्थापन गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफले उपलब्ध गराउने अध्यक्ष राजु कार्कीको भनाइ छ । बन्जीको सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीसमेत भएकाले ुक्लिफु सँग सहकार्य गरेको भारतीय कम्पनीले जनाएको छ ।

भारतीय रुपैयाँ झन्डै ४० करोड लगानीमा निर्माण भएको बन्जीसहितको एड्भेन्चर पार्कमा रहेको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुनेछ । निर्माणाधीन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउनुहुन्छ ।

यससँगै केरलाका तीन वटा ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ । मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि भारतीय व्यवसायीले चासो राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here