काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ १५ गतेदेखि ट्रान्सकिप्टलगायत सेवा अनलाइनबाटै उपलब्ध गराउने भएको छ । यससँगै ट्रान्सकिप्ट लिने तथा फारम भर्नेजस्ता कामका लागि लाइन बस्न नपर्न भएको छ ।
यसका लागि https://tuexam.edu.np मा लगइन गर्ने सर्टिफकेट लिंकमा क्लिक गर्ने । साइनअप गरेपछी इमेलमा एउटा लिंक देखाउछ र सो लिंक क्लिक गर्ने ।
रजिस्ट्रेसन स्लीप अपलोड गर्ने इन्टरफ्रेस आउछ र यो अपलोड गर्ने ।
त्यसपछी ट्रान्सकिप्ट मा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा क्लिक गरी माग भएको सूचना उपलब्ध गराउने र अनलाइनमा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा सवमिट गर्ने ।
सवमिट भएपछी सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रकृया शुरु गर्नेछ । सबै प्रक्रिया मिलेको खण्डमा टुन्सकृष्ट प्रिन्टको प्रकृयामा जानेछ। प्रमाणिकरण गरी तयार भएको ट्रान्स्कृप्टको सूचना सेवा ग्राहीलाई पठाइने बताइएको छ।
यदी सूचना अपुर्ण भएमा वा गलत भएमा सो को जानकारी पनि सम्बन्धित विद्यार्थीलाई पठाइनेछ र आवश्यक प्रकृया पुरा गरी पुनः अपलोड गरी पूर्ववत सेवा सुचारु भई कार्यान्वयनमा जानेछ ।
अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरुको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गर्नेबताएको छ ।
यो सेवा २०८० माघ १५ गते सोमवारका दिन विहान १० बजेबाट बजे बाट संचालन हुनेछ र केही समयको लागि अनलाइन र अफलाइन दुवै सेवाहरु संचालन हुनेछ र पूर्ण अनलाइन संचालन वारे पुनः सूचना प्रकाशित गरिने पनीकाले जानकारी दिएको छ ।
नाम, थर आदि सच्चाउने प्रकृयाको लागि आवश्यक प्रमाणहरु आफुलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा वल्खु स्थित केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।
प्रमाणपत्रहरु संकलन गर्दा स्वयं वा इच्छाएको व्यक्ति मार्फत प्रमाण सहित आउनु पर्नेछ । यो प्रकृया संग सम्बन्धित केही समस्याहरु भएमा इमेल वा फोन नं मार्फत सूचना आदान प्रदान गरिने भएकोले आ आफ्नो सम्पर्क नम्बर र मेल एड्रेस सोही अनुसा