विदेश मोहः नक्कली पासपोर्ट बनाउन औंलाकै अप्रेशन

तस्बीरः बीबीसी हिन्दी

काठमाडौं । जब कुनै मानिस सार्वजनिक मुद्दामा अल्झिएको छ तर ऊ विदेश जान चाहन्छ, यस्तो अवस्थामा त्यो व्यक्तिले के गर्ला ?

नियमको कुरा गर्ने हो भने त अवश्य पनि यो सम्भव छैन् ।

तर, भर्खरै भारतको आन्द्र प्रदेश स्थीत पश्चिम गोदावरी जिल्लाको पुलिसले एउटा यस्तो विषय बाहीर ल्याएको छ जुन कुरा साच्चै नै आश्चर्यजनक छ ।

नक्कली पासपोर्ट बनाएको भन्ने सुचना त प्रहरीलाई पहिलेबाट नै थियो । तर, एकै व्यक्तिको दुई वा दुईभन्दा धेरै पासपोर्ट भएको प्रमाणित भएपछि प्रहरी झस्कीएको छ ।

यो मात्र होईन एकै व्यक्तिको दुई पासपोर्टमा फिंगर प्रिन्ट पनि भिन्दा भिन्दै छ ।

प्रारम्भक रुपमा भएको अनुसन्धान अनुसार नक्कली पासपोर्ट बनाउने मानिसहरुले आफ्नो फिंगर प्रिन्ट थोरैमा पनि १० देखि १५ प्रतिशत सम्म बदल्ने गरेका थिए ।

फिंगर प्रिन्ट बदल्नको लागि सम्बन्धीत व्यक्तिलाई बेहोस बनाउने र अप्रेशन गरी पुरानो फिंगर प्रिन्ट निकालेर त्यसमा टाका लगाउने गरेको प्रहरीको भनाई छ ।

हालसम्म ५० जना भन्दा धेरै मानिसहरु यस्तो नक्कली पासपोर्ट बनाएर देशभन्दा बाहिर गएको प्रहरीको अनुमान छ ।

यसको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।(बीबीसी हिन्दीबाट अनुदित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here