अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १५ पैसा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ । यसअघि डलर २०७९ कात्तिक ३ गते ऐतिहासिक उचाइमा पुगेको थियो। त्यस दिन एक डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको थियो।