राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले 'लैङ्गिक समानता न्याय, समृद्धि र दिगोपनाको आधार' भएको हुँदा यसको अभावमा दिगो विकास सम्भव नहुने बताएका छन् ।
वीरगञ्जलगायत मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट बढेपछि मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ ।
बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ ।
हिमालयन बैंक लिमिटेडको एफपीओमा आजबाट आवेदन खुला भएको छ । बैंकले असार ३२ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।
सरकारले क्यासिनो नियमावली नयाँ ल्याएको छ । यसअघि २०७० सालमा आएको नियमावलीलाई परिवर्तन गर्दै सरकारले नयाँ नियमावली ल्याएको हो ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती,जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण गरेकाे...
३१ असार, भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीसँग...
निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ को छैठौं संशोधन स्वीकृत गरेको छ । मन्त्रालयकाे २०८२ असार ३० गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार संशोधित नियमावलीलाई स्वीकृति प्रदान...
© 2026 Cloud Patrika. All Rights Reserved.