देवघाटस्थित नारायणी नदीको जलसतह ९.३ मिटरको खतरा तह पार गरी निरन्तर बढिरहेको छ।
निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो जादा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ।
अविरल वर्षा, पहिरो, ढुङ्गा खस्ने तथा नदी(खोलामा बहाव बढेका कारण देशका प्रमुख राष्ट्रिय राजमार्ग तथा सडक खण्डहरूमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ।
आज पनि पश्चिम नेपालका लुम्बिनी र गण्डकी प्रदेशमा बाढी र पहिरोको जोखिम अत्यधिक रहेको पाइएको छ ।
नारायणी नदीले खतराको तह पार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैजनालाई सचेत रहन सूचित गरेको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच उत्पन्न विवाद र सार्वजनिक अडियोबारे सरकारले अनुसन्धान थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.