नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पुनः पदमा फर्कन नपाउने भएका छन् । उनलाई पदमा फर्काउने विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np) र श्रम संसार एपमार्फत अनलाइन प्रकाशन...
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ ।
शनिबारदेखिकाे अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ–सल्यान सडक खण्ड अवरूद्ध भएको छ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी हुँदै छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।
साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसुचक दोहोरो अंकले उकालो लागेको छ। कारोबार समयको सुरुवातदेखि उत्तारचढाव आइरहेको सेयर बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो ।
वर्षाका कारण पहिरो खसेपछि पूर्वी नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेकाे हाे।
© 2026 Cloud Patrika. All Rights Reserved.