भदौ महिनामा मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।
दुई महिनाको अवधिमा वस्तु निर्यात २८ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो।
नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ।
आइपीओबाट कमाइने नाफा भन्दा दोस्रो बजारमा नै राम्रा-राम्रा कम्पनीको मूल्य सस्तिएकाले लगानीकर्ताको ध्यान त्यतै गएको छ । एकपक्ष भने शेयरबजार तिर जाँगर हराएको भन्दै निस्क्रिय बनेका छन् ।
चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो।
कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.