बुस्टर डोजको माग नभएपछि १० करोड डोज खोप नष्ट

काठमाडौं । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरेको छ ।

बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

वर्ल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म ४ करोड ४६ लाख बढी मानिसलाई कोरोनाको संक्रमण भएको छ भने ५ लाख २८ हजार संक्रमितले ज्यान गुमाएका छन्।

बुधबार पनि भारतमा १ हजार ४ सय ९४ जना संक्रमित थपिएका छन्। भारत सरकारले अहिलेसम्म २ अर्ब १९ करोड ४६ लाख डोज खोप लगाइएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here