१० बजेर २६ मिनेटमा टिकाकाे उत्तम साइत

काठमाडौं । बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज १० बजेर २६ मिनेटमा टिकाकाे उत्तम साइत छ । तर आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैंको टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ ।