आरुघाटस्थित बूढीगण्डकीमा बन्याे बेलीब्रिज

काठमाडौं। गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले सोमबार पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ ।

२७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ। नेपाली सेना र सडक विभागको सहकार्यमा निर्माण पुलबाट पैदलयात्री र मोटरसाइकललाई आवतजावत गर्न खुला गरिएको छ। ठूला सवारीसाधन भने सञ्चालनमा आइसकेका छैनन्।

बूढीगण्डकी नदीमा आएको बाढीले यसअघि रहेको पुल बगाएकाे हाे।

असोज ३१ गतेदेखि सुरु भएको निर्माण कार्य आज सम्पन्न भएको हो ।