तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। बिहिबार राति गएकाे भुकम्पमा ३२ जना घाइते भएका सिन्ह्वा समाचार एजेन्सीले उल्लेख गरेकाे छ ।

नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो ।

घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ। पछिल्लाे अपडेट अनुसार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् ।

उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।