भारतको अपराजित यात्रा जारी, अफगानिस्तान ४७ रनले पराजित

भारतका लागि सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै हार्दिक पाण्ड्याले ३२ रन जोड्दा विराट कोहली २४ तथा रिशव पन्त २० रनमा आउट भए । अक्षर पटेलले १२ रन जोडे भने शिवम दुवे १० रनमा आउट भए ।

डेनमार्कसँग बराबरीमा रोकियो इङल्याण्ड

इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

सर्बिया र स्लोभेनियाको रोमाञ्चक बराबरी

जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

टी-२० विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली, सन्दीप दुई दिनपछि आइपुग्ने

टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्। नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए।

टी-२० विश्वकप: इङ्ल्याण्डको सहज जित

इङ्ल्याण्डका लागि विष्फोटक ब्याटिङ गरेका फिल साल्टले ४७ बलमा ७ चौका र ५ छक्काको मद्तमा नटआउट ८७ रन बनाए। जोनी बेयरस्टोले नटआउट ४८ रन बनाउँदा पाँच चौका र दुई छक्का हिर्काए। कप्तान जोस बटलर २५ रनमा आउट हुँदा मोइन अलीले १३ रन जोडे

जर्मनी अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली

युरो २०२४ मा आयोजक जर्मनी अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह एको खेलमा हङ्गेरीलाई २–० गोलले पराजित गर्दै जर्मनी अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

आईसीसी वरीयतामा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको छलाङ, केहीको अवस्था खस्कियो

अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकप प्रतियोगिताको समूह चरणको खेल सकिएसँगै सार्वजनिक भएको वरीयतामा केही खेलाडीले लामो छलाङ मारेका छन् भने केहीको अवस्था खस्किएको छ ।

सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको घट्यो

सुन तीन दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महेश काफ्ले र अस्मिता अधिकारीले गरे इन्गेजमेन्ट (फोटोफिचर)

उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् । महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरु दुबैजना अहिलेकाे चर्चित गायक गायिका हुन् । उनीहरुकाे दर्जनाै गीत चर्चामा रहेका छन् ।

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

एजेन्सी । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ। जर्मनीको लाइपजिगमा गएराति...