च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्र सार्वजनिक

अर्कोतर्फ जर्मन क्लब बोरुसिया डर्टमन्डले स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ। फाइनल खेल इङ्ल्यान्डस्थित वेम्ब्ली स्टेडियममा हुने छ।

दशरथ रङशालामा खेलकुद बाहेकका गतिविधि गर्न रोक

युवा तथा खेलुकद मन्त्रालयले दशरथ रंगशाला सहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेकाले सो प्रकृया नटुंगिएसम्म खेलकुद बाहेकका गतिविधि नगर्न निर्देशन दिएको हो।

हरिवंश आचार्यले भने- ‘काम देउ न सरकार’ (भिडियोसहित)

हरिवंश आचार्यले मुटु फस्याथ्यो' बोलको गीत सार्वजनिक गरेका छन्। गायनमा हरिवंश आचार्यलाई समीक्षा अधिकारीले साथ दिएकी छन्। श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडिओ सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन्।

अब अमेरिकासहित एक दर्जन दूतावासबाट पनि राष्ट्रिय परिचयपत्र लिन सकिने, जन्म दर्तासँगै प्रदान गरिँदै

अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर ((एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ ।

फेरि उकालो लाग्यो सुनको भाउ, चाँदी तोलामा १५ सय नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० बढेर प्रतितोला रु १ लाख २५ हजार ८०० कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २५ हजार थियो ।

दुईपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको भावनात्मक अनुभूति-‘डायलाइसिस कष्टकर छ, मिर्गौला जोगाऔं’

विश्व मिर्गौला दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला बिग्रेपछि जीवन ज्यादै कष्टकर हुने भएकाले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका छन्।

एन्फाका वेथितिविरुद्ध खेलकुदमन्त्री विराजभक्तको एक्सन

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमा गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद राखेपलाई निर्देशन दिएको छ ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट: उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग लज्जास्पद हार

नेपाली टोली फाइनलमा बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । हङकङमा पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो ।

उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

उच्च रेकर्ड बनाएको सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घट्यो

सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।