मिडिया टाइकून रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग बिहे गर्ने भएका छन् । ९२ वर्षीय रुपर्टले ६७ वर्षीया अवकाशप्राप्त रुसी मलेक्युलर बायोलजिस्ट जुकोभासँग केही महिनादेखि डेटिङ गरिरहेका थिए । उनको...
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स बाट ट्वीट गर्दै सरकारले एलपी ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ छुट दिने निर्णय गरेको बताएका छन् ।
चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ ।
मङ्गोलियामा जुड भनिने चरम जाडो मौसमले मङ्गोलियामा यस वर्षको हालसम्म ३० लाखभन्दा बढी पशुपक्षीहरूको ज्यान लिएको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।
बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा एक व्यापारिक भवनमा आगलागी भएको छ । बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका छन् भने...
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले सूर्यको कोण परिवर्तन गरेपछि ल्यान्डर दुई दिनका लागि पुनर्जीवित भएको र एउटा उच्च–विशिष्ट क्यामेरामार्फत एउटा क्रेटरको वैज्ञानिक अवलोकन गरेको बताएको छ।
कतारका राजा (अमिर) शेख तमिम हमाद अल थानीलाई नेपाल भ्रमणमा दौरान नेपालले हात्तिका छावा उपहार दिने तयारी गरेको छ । कतारी राजाले आगामी मार्च तेस्रो सातादेखि एप्रिल पहिलो साताको बीचमा...
एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न...
पूर्वी युक्रेनमा दुईवटा मिसाइल खसेपछि कम्तीमा ६० रुसी सैनिकको मृत्यु भएको छ । रिपोर्टमा भनिएअनुसार यी सैनिकहरू रुसले कब्जा गरेको भागको प्रशिक्षण क्षेत्रमा उपस्थित थिए।
पपुवा न्युगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एंगा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.