बैंक/ बिमा

धेरैको रोजाईमा ग्लोबल आइएमई बैक, ग्राहक संख्या ५० लाख नाघ्यो

हालैमात्र बैंककोे निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ ।

चीन र श्रीलकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीको तयारीमा नेपाल

नेपालले चीन र श्रीलंकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीका लागि काम सुरु गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् । नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई चीनको अली पे र श्रीलंकाको लंका पेसँग क्रसबोर्डर डिजिटल भुक्तानीका लागि सिस्टम इन्ट्रिग्रेसनको स्वीकृति दिएर प्रक्रिया अगाडि बढेको गभर्नर अधिकारीले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै

नेपाल जलवायु परिवर्तनका प्रभावहरूको उच्च जोखिममा छ । ओपेक फण्ड र नेपालको दीर्घकालीन साझेदारी दिगो विकासमा केन्द्रित छ । ओपेक फण्डले बैंकिङ्ग, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रहरूमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३०%सम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको...

सिद्धार्थ बैंकको ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । यो योजना नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक ल्याइएको हो । नक्सालमा रहेको बैंकको प्रधान कार्यालयमा एक कार्यक्रम...

उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो बैंक हो । बैंकले देश भित्र रहने नागरिकका लागि मात्र होइन विश्वभरि रहेका नेपाली नागरिकहरूलाई बैंकिङ सेवा दिन विभिन्न मुलुकहरूमा बैंकको प्रतिनिधि कार्यालयहरू स्थापना गरेको छ ।

ग्लोबल आईएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५% छुट पाउने

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।

१ दर्जन वाणिज्य बैंकले घटाए ब्याजदर, ५ वटाको पुरानै यथावत्

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ११ वटा वाणिज्य बैंकले जेठको तुलनामा असारमा ब्याज घटाएका छन् भने २ वटाले बढाएका छन्। बाँकी ५ वटा बैंकले भने पुरानै ब्याज यथावत् राखेका छन्।