नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दिर्घ रावल नियुक्त भएका छन् । आज बजेको मन्त्रिपरिषद बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ । हाल रावल राष्ट्र बैंकमा सुपरभिजन विभाग प्रमुखका रुपमा कार्यरत थिए । उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् ।