यी हुन् धेरै आयात भएका १० वस्तु, पेट्रोलियम पदार्थ मात्र...
गत वर्षको तुलनामा चालु आवमा सुरुदेखि नै वस्तुहरुको आयात उल्लेख्य रुपमा वृद्धि हुँदा व्यापार घाटा चुलिएको हो । नेपालको वैदेशिक व्यापारमा निर्यात र आयतबीचको खाडल बढुदै जाँदा व्यापार घाटा बढीरहेको छ।
फर्केर हेर्दा ऊर्जा क्षेत्र: एक वर्षमा ७१० मेगावाट बिजुली प्रणालीमा, कुन...
समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कम मानिसलाई मात्रै थाहा थियो ।
बहुआयामिक आयोजनाको पक्षमा ऊर्जामन्त्रीको बोल्ड निर्णय, अब के हुन्छ ?
काठमाडौं । देशकै गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजनाले अब मुर्तता पाउने भएको छ। दलालका कारण राजनीतिक किचलोमा परेको यो आयोजनालाई नेपालले नै बढाउने अठोटसहित...
सरकारले दिने इन्धन सुविधा २० प्रतिशत कटौती, रेमिट्यान्स बढाउन ...
सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती हुने भएको छ ।
बन्ने भयो दूधकोसी जलविद्युत आयोजना, जग्गा अधिग्रहण शुरु
दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।
खाना पकाउने ग्याँस प्रतिसिलिन्डर २५ रुपैयाँ मंहगो, अरुमा कति भयो मूल्यवृद्धि...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै खाना पकाउने ग्याँस समेत महंगो भएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढेको हो ।
ऊर्जामन्त्री भन्छिन् -‘आरओआरको कोटा पूरा भयो, जलाशय योजनामा लगानी गर्नू’
जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले सोचविचार गरेर कोटा निर्धारण गरेको र आरओआर आयोजनाको बिजुलीको कोटा पूरा भइसकेकाले पीपीएमा समस्या परेको उनको भनाइ छ ।
असुरक्षित बन्दै ग्याँस सिलिण्डर, बाह्रबिसेमा तीन बालबालिकाको मृत्यु
नेपालमा खाना पकाउने ग्याँसको सुरक्षामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । यसैक्रममा सिन्धुपाल्चोकमा एक दुखद घटना भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आइतबार साँझ ७ बजे खाना पकाउने ग्याँसको सिलिण्डर विष्फोटमा परि तीन बालबालिकाको ज्यान गएको छ ।
देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने
देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो ।
दुर्गम क्षेत्रका विद्यार्थीलाई असारभित्रै नि:शुल्क इन्डक्सन चुलो बाँडिने, ८ हजारको आवेदन
प्रवर्द्धन केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको लागि यस्तो कार्यक्रम ल्याएको थियो ।