मानव मस्तिष्कमा पहिलो पटक राखियो चिप, सोचेरै गर्न सकिने काम

काठमाडौं । एलन मस्कको न्युरालिंक कम्पनीले पहिलो पटक आफ्नो वायरलेस चिप्स मानव मष्तिस्कामा सफलतापूर्वक प्रत्यारोपण गरेको बताएको छ ।

प्रारम्भिक नतिजामा बिरामीको स्वास्थ्यमा सुधार भइरहेको मस्कले बताएका छन् ।

कम्पनीको लक्ष्य मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्नु हो र यसले जटिल न्यूरोलोजिकल अवस्थाहरूको सामना गर्न मद्दत गर्ने रहेको छ ।

सुरुवाती अवस्थामा हात खुट्टा गुमाएका व्यक्तिहरुमा यो चिप प्रत्यारापण गरिन बताइएको छ। विशेषगरी गम्भीर पक्षाघात भएका व्यक्तले न्युरल सिग्नलको सहायता विभिन्न प्रविधि प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने अवधारणा अगाडि बढाएको थियो ।

मस्कको कम्पनीलाई गत मे महिनामा एफडीएले मानिसमा चिप परीक्षण गर्न अनुमति दिएको थियो।

मस्कले आफ्नो स्वामित्वमा रहेको सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै न्युरालिंकको पहिलो उत्पादनलाई टेलिप्याथी भनिने बताएका छन् ।’टेलिप्याथीले तपाईंको फोन वा कम्प्युटरको नियन्त्रण, र तिनीहरूमार्फत लगभग कुनै पनि उपकरण, केवल सोचेर इनाबल गर्नेछ’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here