काठमाडौंमा यसरी मनाइयो चिनियाँ ‘लालटेन’ पर्व (फोटो फिचर)

काठमाडौं । बुधबार रत्नपार्कमा लालटेन शोको उद्दघाटन गरेर चिनियाँ नयाँ बर्ष मनाइएको छ। नेपालका लागि चिनीयाँ राजदुत छन सोङले सो लालटेन शोको उद्द्घाटन गरका हुन् ।

चिनियाँहरू १५ दिनसम्म नयाँ बर्ष मनाउने गर्छन् । नयाँ वर्ष मनाउने क्रमको अन्तिम दिन लालटेन पर्व माइन्छ। यस दिन चिप्लो चामलबाट बनेको पकौडि तथा गुजिया पकाउछन् र यी परिकारहरूलाई मीठो (गुलियो) सुपसँग खाने चलन छ ।

चीन तथा चिनीयाँहरु बसोबास गरेका विश्वका जुनसुकै गल्लीहरु राम्रा राम्रा लालटिनहरूले सजाइएका हुन्छन । यो दिनमा परम्परागत रूपमा युवक तथा युवतीहरूले आफ्नो जीवनसाथी छान्ने चलन रहिआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here