थिमिको कवाडी संकलन केन्द्रमा भीषण आगलागी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ कमेरोटारमा रहेको एक कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी भएको छ ।

शनिवार दिउँसो २ बजेदेखि सुरु भएको आगो नियन्त्रणको प्रयास भइरहेको जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।

आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरबाट २ वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौंबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here