बिजुलीको पैसा धेरै असुल्ने घरबेटीलाई कारबाही गर्ने कुलमानको चेतावनी

फाइलफोटो

काठमाडौं, २९ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले घर भाडामा दिएको घरबेटीहरुलाई बिजुलीको व्यापार नगर्न चेतावनी दिएका छन् ।

आइतवार नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा आफ्नो कार्यकाल ३ वर्ष पुरा भएको अवसर गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक घिसिङले उक्त कुरा बताएका हुन् ।

वर्तमान समयमा विद्युतको अधिकतम् मूल्य प्रतियूनिट १३ रुपैयाँ भएको तर घरबेटीले बढी असुल्ने गरेको पाइएकाले उक्त रकम भन्दा धेरै लिएमा त्यस्ता घरबेटीलाई कारवाही गरिने समेत उनले बताए ।

‘घरबेटीहरुले विद्युतको व्यापार गर्न पाउदैनन्’, उनले भने ‘प्रतियूनिट १३ रुपैयाँ भन्दा धेरै लिएको पाइएमा त्यो व्यापार हुन्छ त्यसकारण यस्ता घरबेटलिाई कारबाही हुन्छ ।’

पछिल्लो समय यस्तो विषयमा धेरै गुनासोहरु आईरहेको कारण यो विषयलाई प्राधिकरणले गम्भिर रुपमा हेरेको पनि निर्देशक घिसिङले बताए ।

‘पछिल्लो समय यस्ता गुनासो धेरै मात्रामा आएको छ’, उनले भने ‘यो विषयलाई प्राधिकरणले गम्भिरताका साथ हेरेको छ ।’

कार्यक्रममा उनले प्राधिकरणको विगत तीन वर्षको उपलब्धी र भावी कार्ययोजनाहरु प्रस्तुत समेत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here