ललितपुरको इमाडोलमा एकै घरका तीन जनाको मृत्यु

काठमाडौं । ललितपुरको इमाडोलमा एकै परिवारका दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-३ मा शनिबार अपराह्न दुईजना बालबालिका र उनीहरूकी आमाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनको एक ६ वर्षीय छोरा र दुई वर्षकी छोरीको मृत्यु भएको छ । रविनाले तीन तलाबाट हाम फालेको बताइएको छ । ३६ वर्षकी रविनाको उपचारकाक्रममा किष्ट अस्पतालमा गएराति ज्यान गएको हो ।

यस्तै घरकै कोठामा उनका छोरा र छोरी अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई पनि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रविनाले आत्महत्या गरेको घटनाको प्रकृतिले देखिएपनि दुई सन्तानको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here