एसीसी महिला प्रिमियर कप: नेपालको लगातार दोस्रो जित

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो। नेपालको जितमा सीता रानामगरले नटआउट ३२ रन र रुबिना क्षेत्रीले नटआउट १७ रन बनाए।

सीताले ३७ बलमा २ चौका र १ छक्का तथा रुबिनाले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे। समूहको शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here