नेदरल्याण्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको छ। कीर्तिपुर मैदानमा नेपालले एक सय ३८ रनको लक्ष्य एक विकेट गुमाएर १५.२ ओभरमा भेट्टाएको हो।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अल आउट हुँदै ३९ ओभरमा मात्र एक सय ३७ रन बनाएको थियो। कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै नेपालको सुरुआत गरेका थिए । उनले ११ बल खेली २ चौका र ३ छक्का प्रहार गरि २८ रन बनाएका थिए ।

अनिल ५७ र आसिफ ५४ रन बनाई क्रिजमा रहे । अनिलले कुल ३६ बल खेली ६ चौका र ४ छक्का तथा आसिफले ४५ बल खेली ८ चौका र १ छक्का प्रहार गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here