नामिबियाले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। आरिफ शेखको स्थानमा करण केसीले आजको खेल्दैछन्।