कच्चा तेलको भाउ १९९१ पछिकै उच्च मूल्यमा, नेपालमा के हुन्छ ?

Oil Industry - refinery factory

काठमाडौं, ३१ भदौ । केही दिन अघि साउदी अरवको एक आयल प्लान्टमा ड्रोनमार्फत हमला भयो । त्यसपछि आगोलागी हुँदा प्लानमा ठूलो क्षति हुन पुग्यो ।

साउदी अरबको तेल उत्पादक कम्पनी अरामको संसारको सबैभन्दा ठूलो तेल प्रशोधन कारखाना हो । यसै कारखानामा आक्रमण भएपछि कम्पनीले तेल उत्पादन केही समयका लागि रोकेको छ ।

परिणामस्वरुप अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तिब्र गतिमा बढिरहेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अहिले कच्चा तेलको भाउ ६६.२८ डलर प्रतिब्यारेल पुगेको छ ।

वृद्धिदरको हिसावले यो मूल्य सन् १९९१ यताकै सबैभन्दा बढी हो । यमनका विद्रोही समूहले ड्रोनमार्फत तेल कारखानामा आक्रमण गरिदिएका थिए । यो कम्पनीको उत्पादन रोक्दा विश्वको कूल तेल उत्पादन क्षमतामा कम्तिमा ५ प्रतिशतको गिरावट आउँछ ।

अमेरिकाले यो आक्रमणमा इरानलाई जिम्मेवार ठहराएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोषिमाथि कारवाही गर्न आफू तयार रहेको समेत बताएका छन् ।

यमनका हूथी विद्रोहीले आक्रमण गरेपछि प्रभावित भएका तेलको कुवाको मर्मतका लागि केही समय उत्पादन कम गर्नु परेको कम्पनीको भनाई रहेको छ ।

उता, इरानले भने अमेरिकाले लगाएको आरोपको खण्डन गरिसकेको छ । यो कम्पनीबाट तेल उत्पादन हुन कम्तिमा एक महिना लाग्ने सम्भावना रहेको बताइएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा १९.५ प्रतिशतले कच्चा तेलको मूल्य बढ्यो । यो सन् १९९१ पछिकै सबैभन्दा ठूलो वृद्धिदर मानिएको छ । उक्त समयमा खाडी युद्धका कारण तेलको मूल्य लगातार बढेको थियो ।

विश्वमा अमेरिका सबैभन्दा बढी इन्धन खपत गर्ने मुलुक हो । अमेरिकासहित विकसित मुलुकले गर्ने मूल्य निर्धारणमा नेपालजस्ता मुलुकसम्म पनि यसको असर पर्छ ।

लगातार कच्चा तेलको मूल्य बढ्दा त्यसको निकट भविश्यमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here