क्यानडा–११ विरुद्ध आशुतोष, सुजन र हेमन्तलाई मौका

काठमाडौं । नेपाल एले क्यानडा-११ सँगको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा पहिले ब्याटिङ गर्दैछ ।

मुलपानी क्रिक्रेट मैदानमा क्यानडा-११ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

तेस्रो खेलमा नेपाली टिममा चार खेलाडी परिवर्तन गरिएको छ । दोस्रो खेल खेलेका विवेक यादव, रिजन ढकाल, किरण ठगुन्ना र मयन यादवलाई परिवर्तन गरिएको हो । उनीहरूका स्थानमा आशुतोष घिरैया, प्रतिश जिसी, सुजन थपलिया र हेमन्त धामीले मौका पाएका छन् ।

यसअघिका दुईमध्ये दुवै टिमले समान एक खेल जितेका छन् । शृंखला १–१ को बराबरीमा छ । आज विजयी हुने टिमले शृंखलाको उपाधि पनि जित्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here