ड्याटसनको चाडपर्व अफर, थाइल्याण्ड भ्रमणदेखि १० ग्राम सुनसम्म

काठमाडौं, ३१ भदौ । जापानी कार निर्माता कम्पनी ड्याटसनले दशैं, तिहारको अवसमा चार्डपर्व अफर ल्याएको छ ।

कम्पनीका अनुसार चाडपर्व अफरअन्तरगत ड्याटसनको गाडी किन्ने ग्राहकमध्ये १० जना भाग्यशाली व्यक्तिलाई लक्की ड्र मार्फत थाइल्याण्ड भ्रमणको अवसर र ५ जनालाई १० ग्राम सुनको सिक्का प्रदान गरिने छ ।

कार खरीद गर्ने प्रत्येक व्यक्तिले एउटा एमआई मोबाईल फोन पाउने, एक वर्षको इन्स्योरेन्स व्यवस्था, तीन वर्ष फ्रि सर्भिस साथै तीन वर्षको वारेन्टी समेतको व्यवस्था रहेको कम्पनीले बताएको छ ।

यसका साथै विभिन्न किसिमका कारहरुमा विभिन्न शिर्षकको छुट तथा सेवा ड्याटसनले प्रदान गरेको छ ।

छुट योजना

ड्याटसन रेडी गो ०.८ एल

ड्याटसनले प्रदान गरेको चाडपर्व अफरअन्तरगत ‘ड्याटसन रेडी गो ०.८ एल’ को खरीदमा रु. १ लाख २५ हजार छुटको व्यवस्था रहेको छ ।

नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँ तोकिएको यस कारको छुटपछिको मूल्य १८ लाख ७४ हजार कायम गरिएको कम्पनीले बताएको छ ।

ड्याटसन रेडी गो १.१ एल

ड्याटसनले चाडपर्व अफर अन्तर्रगत ग्राहकलाई ‘ड्याटसन रेडी गो १.१ एल’ को खरिदमा १ लाख ५० हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

नेपाली बजारमा २१ लाख ९९ हजार रुपैयाँ मूल्य कायम भएको रेडी गो १.१ एलको छुटपछिको मूल्य २० लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

ड्याटसन गो ए ‘ओ’

चाडपर्व अफर अन्तर्रगत ड्याटसनले गो ए ‘ओ’ को खरिदमा १ लाख ७५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

नेपाली बजारमा २५ लाख ९९ हजार रुपैयाँ तोकिएको ड्याटसन गो ए ‘ओ’ को छुटपछिको मूल्य २४ लाख २४ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here