नेपाल समूह विजेता, प्यालेस्टाइन ४-० ले पराजित

काठमाडौं । नेपालले, वाफ महिला च्याम्पियनसिपमा प्यालेस्टाइनलाई ४-० गोलले पराजित गरेको छ ।

साउदी अरेबियाको जद्दाह स्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा गए राति भएको खेलमा लगातार तेस्रो जीत हात पारेसँगै यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको नेपाल समूह बीको विजेता बन्यो ।

तीन खेलबाट ९ अंक जोडेको नेपाल समूह बीको शीर्ष स्थानमा रह्यो । यो खेलअघि नै सेमिफाइनलमा स्थान बनाएको प्यालेस्टाइन तीन खेलबाट ६ अंकसहित उपविजेता बनेको छ । अब फाइनल प्रवेशका लागि नेपालले मंगलबार लेबननसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन प्यालेस्टानइले जोर्डनसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here