लिग टु सिरिज : नेपाल र नेदरल्यान्ड्सबीच आज प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप लिग टूको नेपालमा जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेल आज हुँदैछ । अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । यी दुवै टोली नामिबियासँग पराजित भइसकेको कारण लिगमा स्कोर बढाउन जित दर्ता गर्ने योजनामा छन् ।

विश्वकपमा बंगलादेश र दक्षिण अफ्रिकालाई हराएको नेदरल्यान्ड्सविरुद्ध नेपालले ९ विकेटको जित दर्ता गरिसकेको छ । घरेलु मैदानमा टी–ट्वेन्टी र एक दिवसीय दुवै शैलीमा नेपाल अपराजित छ । त्यसैले डच टोली आजको खेलमा नेपालसँग ब्यहोरेको हारको बदला लिने योजनामा छ । नेपालले जारी शृंखलाको दुवै खेलमा नामिबियासँग हार ब्यहोरेको छ ।

नामिबियासँगको पहिलो खेलमा ४ विकेट र दास्रोमा २ विकोटको हार ब्यहोरेको थियो । नेदरल्यान्ड्सले भने आफ्नो पहिलो खेलमा नामिबियालाई हराएको छ। शृंखलामा तीन खेल खेल्दा बाँकी दुई खेलमा नेपाल र नेदरल्यान्ड्स टिम पराजित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here