काठमाडौंमा नक्साको आधिकारिकता प्रमाणित गर्न घरधनीको बायोमेट्रिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा नक्साको आधिकारकिता प्रमाणित गर्न घरधनीको बायोमेट्रिक शुरु गरेको छ ।

फागुन १५ गतेदेखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट भवन निर्माण इजाजतका निम्ति नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन शुरु गरेको छ । अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिने जनाएको छ ।

अहिले बुढीऔँला र चोरऔँलाको चिह्न लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना रहेको महानगरले जनाएको छ ।

एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणालीले नै हस्ताक्षर राखिदिन्छ ।

यो प्रणालीलाई अहिले सम्पत्ति कर आबद्ध भइसकेको छ । बैङ्किङ प्रणालीसँग अटोमेसन भइसकेको छ । भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोबाइलबाटै तिर्न सकिन्छ । प्रणालीमा घरधनीकै मोबाइल नम्बर हुने भएकोले प्रमाणीकरण गर्न सहज हुनेछ ।

सम्पत्ति करसँग प्रणाली आबद्ध भइसकेकाले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड (संकेत नं.) राखिसकेपछि मात्र पेज खुल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here