टिकटक बन्द नगर्ने सेवा प्रदायकलाई कारबाहीको माग

काठमाडौं । नेपालमा टिकटक बन्द नगर्ने सेवा प्रदायकलाई कारबाहीको माग गरिएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले सरकार समक्ष सो माग राखेका हुन् ।

सरकारले ३ महिना अघि नै टिकटक बन्दको निर्णय गरेपनि सेवाप्रदायहरुले अटेरी गरेको बताएका थिए ।

टिकटकमा राखिने सामाग्रीले सामाजिक सदभाव विगारेको तथा मानिसहरुको व्यक्तिगत गोपनियता भंग गरेको भन्दै सरकारले बन्द गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here