इलाम र बझाङमा उपनिर्वाचन हुँदै, २४ गतेका लागि तोकियो उम्मेदवारी दर्ताको मिति

काठमाडौं। प्रतिनिधि सभा इलाम २ र प्रदेश सभा बझाङ १ क मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय भएको छ। निर्वाचन आयोगले चैत २४ गतेका लागि मिती तोकेको हो । जसअनुसार बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्न सकिन्छ ।

यी दुई स्थानमा वैशाख १५ गते उप निर्वाचन हुँदैछ।

नेकपा एमालका नेता सुवास नेम्वाङको निधन पश्चात इलाम -२ रिक्त भएको थियो। त्यस्तै प्रदेश सभा बझाङ(१ ९क० बाट निर्वाचित सांसद पृथ्वीबहादुर सिंहको असार ५ गते निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here