विश्वकप छनोटमा नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने

काठमाडौं । विश्वकप छनोटमा नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने भएको छ ।

अखिल नेपाल फटबल संघ (एन्फा)ले शुक्रबार सूचना जारी गर्दै चैत ८ गते हुने भनिएको होम गेम नेपालमा नहुने बताएको छ ।

विश्वकप छनोटका सबै खेल होम एण्ड अवे हुने नियमका कारण पहिलो लेग चैत ८ गते नेपालमा र दोस्रो लेग चैत १३ गते बहराइनमा हुनुपर्ने हो ।

तर एसियाली फुटबल महासंघ (एएफसी)ले मैदानको कारण देखाएर नेपालको होम गेम काठमाडौंमा गर्न अस्वीकार गरेका कारण दशरथ रंगशालामा नहुने भएको हो ।

बहराइनले दशरथ रंगशाला खेल्न स्तरीय नभएको भन्दै एएफसीमा उजुरी गरेको थियो । सो उजुरीपश्चात एफएफसीको टोलीले आएर मैदानको निरीक्षण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here