नेदरल्यान्ड्सविरूद्ध अनिल शाह बेन्चमा, नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डिङ गर्नेछ । नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ ।

अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन् । हिजो खेलमा अनिल शाह ओपनिङमा आउँदा भुर्तेल बेन्चमा थिए। यस्तै ललित राजवंशी आज पनि बेन्चमै छन्। यो सिरिजको फाइनलमा पुग्नका लागि नेपाललाई आज जित्नैपर्ने दबाब छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here